काठमाडौं महानगरभित्रका यी स्थानमा तीन दिन सवारी आवागमन निषेध

काठमाडौं । यही असोज ११, १२ र १५ गते इन्द्रजात्राका लागि सवारी व्यवस्थापनमा सहयोग गरिदिन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।
काठमाडौंको बसन्तपुर केन्द्रित साँस्कृतिक महत्वको राष्ट्रिय पर्व इन्द्रजात्राका क्रियाकलापहरु सुरु भइसकेको भन्दै उक्त दिन बसन्तपुर भएर जानुपर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न महानगरले अनुरोध गरेको हो ।
महानगरले सूचना जारी गर्दै भनेको छ, ‘इन्द्रजात्राका साँस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरु हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्य जानुपर्ने यात्रुहरुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउनुहुन अनुरोध गर्दछौँ ।’
११ गते रथयत्रा हुने स्थान : बसन्तपर, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म
१२ गते रथयात्रा हुने स्थान : वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेँगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द«बहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर ।
१५ गते रथयात्रा हुने स्थान : बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर ।
प्रतिक्रिया