त्रिविका दुई प्राध्यापकलाई ३५ दिने स्पष्टीकरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक सह–प्राध्यापक र एक उप–प्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । बिदा स्वीकृत नगरी लामो समयसम्म गैरहाजिर रहेपछि त्रिविले पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. निर्मल पौडेल र उप–प्राध्यापक दीपेश लम्साललाई ३५ दिने स्पष्टीकरण सोधेको हो ।
त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० विपरीत कार्य गरेपछि डा. पौडेल र लम्साललाई यसअघि १५ दिने स्पष्टीकरण सोधिएको थियो । उक्त अवधिभित्र दुवै जना सम्पर्कमा नआएपछि त्रिविले पुनः ३५ दिने स्पष्टीकरण सोधेको हो ।
त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम उल्लंघन गरेर लामो समयसम्म कार्यालयको सम्पर्कमा नरहेका डा. पौडेल र लम्साललाई सेवाबाट किन नहटाउने भनेर ३५ दिने स्पष्टीकरण सोधिएको जनाएको छ ।
२०७२ जेठ २५ मा ३६ दिनको आधा तलबी बिदा लिएर बसेका डा. पौडेल हालसम्म पोस्टिङ रहेको क्याम्पसमा अनुपस्थित छन् ।
लम्साल ५ जेठ ०७१ मा विद्यावारिधि अध्ययन प्रयोजनार्थ बिदा बसेका थिए । पटक–पटक अध्ययन बिदा थप गरेका लम्सालले पछिल्लो पटक ७ जेठ ०७५ मा थप १ वर्ष अध्ययन बिदाका लागि आवेदन पेश गरेका थिए । तर उनले सोका लागि आवश्यक कबुलयितनामालगायत प्रक्रिया पूरा नगरेको त्रिविले जनाएको छ ।
त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा कुनै पनि शिक्षक तथा कर्मचारी बिदा स्वीकृत बेगर ९० दिन बढी बसेमा कारबाही प्रक्रिया अघि बढाउने नियम छ । यही प्रावधानअनुसार त्रिविले गैरजिम्मेवार कार्य गर्ने कर्मचारी तथा शिक्षकलाई कारबाही गर्दै आइरहेको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया