सांग्रिला बैंकका ग्राहक, कर्मचारी र शेयरधनीले सेल्सबेरीमा छुट पाउने
काठमाडौं । अब सांग्रिला विकास बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा शेयरधनीले सेल्सबेरीमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच आज सम्झौता भएको छ ।
आज भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद जस्तै खाद्यान्नमा दुई प्रतिशत, पेय पदार्थमा दुई प्रतिशत, फ्रोजन खानेकुरमा तीनदेखि पाँच प्रतिशत, डेरी तथा फ्रेस प्रोडक्ट्समा दुई प्रतिशत, पर्सनल केयरमा तीन प्रतिशत, घरायासी सामाग्रीमा पाँचदेखि १२ प्रतिशत र लुगा/कपडामा २० देखि २५ प्रतिशत छुट सुविधा दिनेछ ।
यसबाट बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया