सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका-१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान विच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी थिइन् । बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उद्धार गरिएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया