रातभर के-के भए : खेलाडीको ड्रेसकोडबारे राष्ट्र संघ बोल्यो, झुलाघाट नाका बन्द

काठमाडौं । मंगलबार दिनभर त सबै सञ्चार माध्यमले सकेजति समाचार कभर गरेकै थिए । तर, रातभर के के भयो त भन्ने जिज्ञासाका लागि हामीले छुटेका केही समाचार यहाँ समावेश गरेका छौँ ।
बाँकेमा मृतावस्थामा भेटियो पाटे बाघ
बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए ।
स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो । बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पु¥याएको खड्काले बताए ।
उनका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६, गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र आज भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो ।
झुलाघाट नाका बन्द
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ ।
महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
पुलको भारतीय सिमानातर्फ बेस ९काठ० लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मङ्गलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो । यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो तर मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए ।
अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
महिला खेलाडीको ‘पोशाक’ नतोक्न फ्रान्सलाई राष्ट्रसङ्घको आग्रह
फ्रान्सले सन् २०२४ को पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पोशाक ‘हिजाब’ लगाउन प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार महिलाका लागि अधिकांश पोशाक नियमको विरोध गरेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा पत्रकारसँग भन्नुभयो, “कसैले पनि महिलामाथि के लगाउनु पर्छ वा लगाउनु हुँदैन भन्ने कुरा थोपर्नु हुँदैन ।”
फ्रान्सका खेलमन्त्रीले धर्म निरपेक्षतासम्बन्धी देशको कडा नियमअनुसार खेलाडीलाई खेलका बेला हिजाब लगाउन प्रतिबन्ध लगाइने बताएपछि हर्टाडोको यो टिप्पणी आएको हो ।
फ्रान्सकी खेलकुदमन्त्री एमेली ओडिया–कास्टेराले खेलकूदका क्रममा कुनै पनि धार्मिक प्रतीकको प्रदर्शन गर्न सरकारले विरोध गरेको बताएकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया