NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

एमाले बागमती प्रदेश अधिवेशन: बिहान ८ बजेदेखि ४० वटा विद्युतीय मेसिनमा हुनेछ मतदान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश नेतृत्वको चयनका लागि भोलीबाट हुने निर्वाचनमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुने भएका छन् ।

पार्टी मुख्यालय च्यासलमा प्रदेशको नेतृत्वका लागि बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । यसअघि सर्वसम्मच नेतृत्व चयनका लागि सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।

प्रदेशको नेतृत्वका लागि केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचन कार्यतालिका पनि पटक पटक परिवर्तन भएको छ । निर्वाचनको लागि आज ३ बजेदेखि मनोनयन फारम वितरण तोकिएको थियो । अहिले ४ देखि ६ मनोनयन दर्ताको समय तोकिएको छ ।

यस्तै ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुनेछ ।

मतदानका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १ सय ६५ जनाको नाम निर्वाचन स्थलमा टाँसिएको छ ।