एमाले बागमती प्रदेश अधिवेशन: अध्यक्षमा ढुंगेल र दाहालको मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिष्पर्धा हुने भएको छ ।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत ढुंगेल र दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।
ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा वचन देउजा रहेका छन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।
यसअघि सर्वसम्मच नेतृत्व चयनका लागि सहमति जुटाउन पहल गरिएपनि असफल भएको थियो । निर्वाचनको लागि ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
यस्तै ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुनेछ ।
मतदानका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १ सय ६५ जनाको नाम निर्वाचन स्थलमा टाँसिएको छ ।
निर्वाचनमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुने छन् ।
प्रतिक्रिया