NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

यी चार प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको र कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको नियमित बुलिटिनमा उल्लेख छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै वर्षाका कारण त्यस क्षेत्रहरूमा हुनसक्ने सम्भावित क्षतिबाट बच्नका लागि सर्तक रहन अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष