जावलाखेलमा जुत्ता चप्पल मेला: ३ हजार बढी डिजाइनका जुत्ता चप्पल उपलब्ध
काठमाडौं । नेपाल जुत्ता चप्पल उत्पादन समुहलेले आयोजना गरेको ‘जुत्ता चप्पल दशैं महोत्सव २०८०’ सुरु भएको छ ।
स्वदेशी उत्पादालाई प्रवर्द्धन गर्ने उदेश्यले ललितपुरको जावलाखेलमा आयोजना गरिएको महोत्सवको बुधबार महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख शाक्यले नेपाली जुत्ता चप्पललाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिइन् । उनले रास्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्न महानगरको साथ रहेको बताउँदै स्वदेशमा उत्पादन नबढाएसम्म देशको विकास नहुने बताईन् ।
‘बाहिरको सामान आयात गरेर पैसा बाहिर पठाएसम्म देश आत्मनिर्भर हुँदैन,’ उनले भनिन्, ‘यसलाई समन्वयन गरेर स्वदेशी उत्पादनलाई प्रर्वदन र विकास गर्नुपर्छ ।’ उनले राष्ट्रिय उत्पादनलाई सबैले उपभोग गर्नसमेत आगह गरिन् ।
उद्घाटन समारोहमा बोल्दै जुत्ता चप्पल उत्पादन समुहका सभापति मनिराज घिमिरेले साना ठुला तथा मझौला गरि १५ सय जुत्ता चप्पलको क्षेत्र रहेको बताए ।
उनले जुत्ता चप्पलको श्रेत्रमा करिब १६ करोडको जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको समारोहमा जानकारी दिए ।
उनले बाहिरबाट आउने जुत्ता चप्पल आयात रोकेर स्वदेशी उत्पादनलाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।
‘राज्यले यो क्षेत्र प्राथमिकतामा राख्यो भने अशिक्षितलाइ पनि जुत्ता चप्पलसम्बन्धि तालिम दिएर रोजगारीको सिर्जना गर्न सकिन्छ’, उनले भने ।
कार्तिक ४ गतेसम्म चल्ने महोत्समा नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पल रहेको आयोजकले जनाएको छ ।
ग्राहकले सबै जुत्ता चप्पल शुपथ मुल्यमा खरिद गर्न सक्ने छन् ।

ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया