एमाले बागमती प्रदेश अधिवेशन: सार्वजनिक भएन उम्मेदवारको अन्तिम नामावली, मतदान अनिश्चित
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदान अनिश्चतबनेको छ ।
यसअघि आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि त्यसलाई सारेर १ बजेका लागि तय गरिएको थियो ।
तर आन्तरिक तयार नभएको भन्दै १ बजेका लागि तय भएको मतदान पक्रिया पनि दिउँसो ४ बजे तोकिएको छ ।
बुधबार साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म अन्तिम नामावली सार्वजनिक गरिएको छैन् ।
अन्तिम नामावली सार्वजनिक नभएपछि मतदान पक्रिया सुरु हुने अवस्था नबनेको हो । निर्वाचन अधिकृत सानुराम पोखरेलले बिहीबार ४ बजेबाट पनि मतदानको समय सर्न सक्ने बताए ।
४ बजेपछि सरेपनि मतदान र परिणाम भने रातभरिमा आइसक्ने जनाइएको छ । एमाले बागमतीको नेतृत्वका लागि ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीमा ५ सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।
सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
यसअघि सर्वसम्मत रूपमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास गरिएको भएपनि सहमति नजुटेपछि निर्वाचन गर्ने निर्णय गरिएको हो । मतदान भने, विद्युतीय भोटिङ मेशिनमार्फत् गरिने छ ।
त्यसका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा रहेको जनाइएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया