किन अनुहार ढाकेर हिँड्छन् शिल्पाका पति राज ?
एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पछिल्लो समय अनुहार ढाकेर हिँड्छन् । पेसाले हिरा व्यवसायी रहेका राज अनुहार मास्कले छोपेर हिँड्छन् ।
सन् २०२१ मा अश्लिल सामाग्री उत्पादन आरोपमा जेल परेका राज त्यस यता सार्वजनिक ठाउँमा अनुहार छोपेर हिँड्ने गर्छन् । आखिर किन उनी अनुहार देखाउँदैनन् त ? यही प्रश्न सोधेका एक फ्यानलाई राजले भनेका छन् ‘मैले आफ्नो फ्यान र साथीभाइको लागि मास्क लगाएको होइन, म मास्क केवल मिडियाबाट जोगिन लगाउने गर्छु ।’
मिडिया ट्रायलबाट आफू गुज्रिनु परेको बताउँदै यसबाट आफू निकै दुखी भएको उनले बताएका छन् । मिडिया कानूनभन्दा माथि नरहेको पनि उनले बताएका छन् ।
राज कुन्द्राले ट्विटरमार्फत ‘आस्क मी एनिथिंक’ सेशन राखेका थिए, जहाँ उनलाई फ्यानहरुले मास्कबारे प्रश्न गरेका थिए ।
अश्लिल सामाग्री उत्पाद गरेकोबारे सोधेको प्रश्नमा उनले यसको वास्तविकता छिटै बाहिर आउने बताउँदै आफूले कहिल्यै अश्लिल चिजमा हिस्सा नबनेको र यस्तो सामाग्री निर्माण नगरेको दाबी गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया