अख्तियारमा परेका कुल उजुरीमध्ये स्थानीय तहका मात्रै ३५ प्रतिशत
काठमाडौं । पछिल्ला दुई महिनामा स्थानीय तहका ११ प्रमुख प्रशासकीय अधिकृत (निमित्तसहित) र बहालवाला दुई पालिका प्रमुखसहित १२ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कुल उजुरीमध्ये स्थानीय तहका मात्रै ३५ प्रतिशत हाराहारी छन् ।
गत ७ साउनदेखि १० असोजसम्ममा अख्तियारले विशेष अदालतमा ३९ मुद्दा दायर गरेको छ । त्यसमा अधिकांश स्थानीय तहका छन् । यस अवधिमा अख्तियारले स्थानीय तहका दुई बहालवाला प्रमुखविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । अख्तियारले अदालतमा मुद्दा दायर गरेकामा केही पूर्वप्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि पनि छन् ।
स्थानीय तहमा केन्द्रित हुँदा अख्तियारलाई तल्ला तह र पदहरूमा मात्र अल्झिएको आरोप पनि लाग्ने गरेको छ । तर, अख्तियारका प्रवक्ता भोला दाहालले आयोगले कुनै तहलाई छुट्टै र विशेष प्राथमिकता दिएर अनुसन्धान र अभियोजन गरेको भन्न नमिल्ने बताए । आयोगमा परेका कुल उजुरीमा स्थानीय तहको हिस्सा ३५ प्रतिशत हाराहारी रहेकाले प्राथमिकतामा परेजस्तो देखिएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया