अख्तियारमा परेका कुल उजुरीमध्ये स्थानीय तहका मात्रै ३५ प्रतिशत

काठमाडौं । पछिल्ला दुई महिनामा स्थानीय तहका ११ प्रमुख प्रशासकीय अधिकृत (निमित्तसहित) र बहालवाला दुई पालिका प्रमुखसहित १२ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कुल उजुरीमध्ये स्थानीय तहका मात्रै ३५ प्रतिशत हाराहारी छन् ।
गत ७ साउनदेखि १० असोजसम्ममा अख्तियारले विशेष अदालतमा ३९ मुद्दा दायर गरेको छ । त्यसमा अधिकांश स्थानीय तहका छन् । यस अवधिमा अख्तियारले स्थानीय तहका दुई बहालवाला प्रमुखविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । अख्तियारले अदालतमा मुद्दा दायर गरेकामा केही पूर्वप्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि पनि छन् ।
स्थानीय तहमा केन्द्रित हुँदा अख्तियारलाई तल्ला तह र पदहरूमा मात्र अल्झिएको आरोप पनि लाग्ने गरेको छ । तर, अख्तियारका प्रवक्ता भोला दाहालले आयोगले कुनै तहलाई छुट्टै र विशेष प्राथमिकता दिएर अनुसन्धान र अभियोजन गरेको भन्न नमिल्ने बताए । आयोगमा परेका कुल उजुरीमा स्थानीय तहको हिस्सा ३५ प्रतिशत हाराहारी रहेकाले प्राथमिकतामा परेजस्तो देखिएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया