NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जिम्मेवारी छाडेर अहेब लापत्ता, बर्खास्त गर्ने तयारी

काठमाडौं । रामेछापको मन्थली नगरपालिका अन्तर्गत वडा नं. ७ भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब तीन महिनादेखि सम्पर्कबिहीन भएकी छिन् ।

अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यलयमा अनुपस्थित भएकी हुन् । नब्बे दिनभन्दा बढी अनुपस्थित भएपछि नगरपालिकाले गत भदौ १३ स्पष्टिकरण माग गर्दै पत्र काटेको थियो । तर, आजको मितिसम्म पनि कुनै जवाफ नआएको भन्दै बागमती प्रदेश स्थानीय सेवा ऐन २०७९ को दफा ११८ को (ग) बमोजिम नगरपालिकाले बर्खास्त गर्ने तयारी गरेको हो ।

अनुपस्थित हुनुपर्ने कारण भएमा सफाई पेश गर्नका लागि ७ दिनको समय दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष