अवकाशप्राप्त सह–सेनानी हराए, खोजिदिन परिवारको अनुनय

काठमाडौं । ओखलढुङ्गा स्थायी ठेगनाभई हाल नागार्जुन नगरपालिका वडा नं. २ राईचोक बस्ने पूर्व सह-सेनानी ईशवचन्द्र कटुवाल बेपत्ता भएका छन् ।
भदौ २८ गते बिहान घरबाट मर्निङवाक निस्किएका कटुवाल अझै फेला नपरेको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको हो ।
भूपू सैनिक एकता संघ नेपालका आजिवन सदस्य समेत रहेका कटुवाल नियमित वाकिङमा जाने स्थानहरू लगायत नागार्जुन नगरपालिका एरिया, बल्खु, चोभार, हात्तिवन, विष्णुमति करिडोर इलाकामा संघका उद्धार टोलीले खोजी गरिसकेको छ ।
संघले सूचना जारी गर्दै उनी प्रति संवेदनशील भई खोजी गरिदिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत साथीभाइ र आफन्तलाई अनुरोध गरेको छ ।
उनीबारे केही जानकारी पाएमा ९८४१७४१६१२/९८४१६०९७६२ मोबाईल नम्बरमा सम्पर्क गर्न पनि अपिल गरेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया