NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

छ महिनापछि सस्तियो सुन

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेर ६ महिना यताकै कम कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

महासंघको तथ्यांक अनुसार यो मूल्य ६ महिनायताकै सस्तो हो । गत वैशाख १९ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर बढेको सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो ।

यो हप्ता मात्रै छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजा ६ सय रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

आज चाँदीको मूल्य भने थोरै बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ पुगेको छ ।