छ महिनापछि सस्तियो सुन
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेर ६ महिना यताकै कम कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
महासंघको तथ्यांक अनुसार यो मूल्य ६ महिनायताकै सस्तो हो । गत वैशाख १९ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर बढेको सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो ।
यो हप्ता मात्रै छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजा ६ सय रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
आज चाँदीको मूल्य भने थोरै बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया