विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया