‘द भोइस अफ नेपाल’ सिजन-५ आजदेखि, काे-काे छन् जज?
काठमाडौं । गायन रियालिटी शो ’द भोइस अफ नेपाल’ सिजन ५ आजबाट प्रसारण हुँने भएको छ ।
यसअघि यो ‘शो’ असोज ५ बाट प्रशारण हुँने भएपनि ढिलो गरि शुक्रबारबाट प्रसारणमा आउन लागेको हो । यो ‘शो’ हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।
डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार मध्येबाट १ सय २० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा रहेका छन् । नेपाल, भारत लगायतका विभिन्न स्थानबाट आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।
यस्तै, यो सिजनमा २ जना कोचहरु पनि परिवर्तन गरिएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारी बाहिरिएका छन् ।
उनीहरुको ठाउँमा उदय सोताङ र मिलन नेवार कोचका रुपमा देखिने छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया