‘द भोइस अफ नेपाल’ सिजन-५ आजदेखि, काे-काे छन् जज?
काठमाडौं । गायन रियालिटी शो ’द भोइस अफ नेपाल’ सिजन ५ आजबाट प्रसारण हुँने भएको छ ।
यसअघि यो ‘शो’ असोज ५ बाट प्रशारण हुँने भएपनि ढिलो गरि शुक्रबारबाट प्रसारणमा आउन लागेको हो । यो ‘शो’ हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।
डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार मध्येबाट १ सय २० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा रहेका छन् । नेपाल, भारत लगायतका विभिन्न स्थानबाट आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।
यस्तै, यो सिजनमा २ जना कोचहरु पनि परिवर्तन गरिएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारी बाहिरिएका छन् ।
उनीहरुको ठाउँमा उदय सोताङ र मिलन नेवार कोचका रुपमा देखिने छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया