रातभर के-के भए ? : पब्जीमा नेपाल सेमिफाइनल प्रवेश, पाकिस्तान मस्जिदबाहिर विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं । शुक्रबार दिनभर देश तथा विदेशका विभिन्न खबरहरुले मिडियामा स्थान पाए । तर, रातभर के भयो त ? भन्ने बारे भने हामी यहाँ चर्चा गर्दैछौँ ।
एसियाली खेलकुद स् नेपाल सेमिफाइनलमा प्रवेश
चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।
चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डको समय लगाउँदै समूह सीमा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।
बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न
इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा लागेको मेला शुक्रबार साँझ बाजागाजाका साथ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहमा भित्र्याएपछि सम्पन्न भएको छ ।
भाद्रशुक्ल पूर्णिमाको दिन बिहानैदेखि दिनभरि इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्ने दर्शनार्थीको घुइँचो लागेको थियो । शुक्रबार साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न भएको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।
पाकिस्तानमा मस्जिदबाहिर विस्फोटन, कम्तीमा ५० जनाको मृत्यु
पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा परेर अरू ५० जनाभन्दा बढी घाइते भएका छन्।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको थियो।
मास्तुङ सहरमा धार्मिक भेलालाई लक्ष्य बनाएर आत्मघाती आक्रमण गरिएको बलोचिस्तान प्रहरीका प्रमुख अब्दुल खालिक शेखले पुष्टि गरेका छन्।
प्रतिक्रिया