अझै ३/४ दिन पानी पर्ने, कहिले बाहिरिन्छ यो वर्षको मनसुन ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यो पटक नेपालबाट मनसुन केही ढिला गरी बाहिरिने जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको हो।
हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना भएकाले देशका धेरै स्थानमा ३/४ दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै आगामी ३/४ दिनसम्म देशका धेरै स्थानमा बदली भई कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सतर्क रहन आग्रह गरेको छ ।
वर्षाका कारण पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको हो ।
त्यस्तै बाली भित्राउने समय पनि भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया