पदक आश गरिएको पब्जीमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौं । १९औँ एसियन खेलकुद अन्तर्गत पदकको आश गरिको इ स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा पनि नेपालले हार ब्यहोरेको छ । पब्जी मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको हो ।
शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल तेस्रो स्थानमा रहेको हो । समूह ‘ए’को चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो ।
नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो भने चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो ।
नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया