भक्तले चढाएको ८८ लाख भेटी गायब
काठमाडौं । इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ । भेटीको अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो ।
छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले ८८ लाखबढी रुपैयाँ घोटाला देखिएको बताए । ‘अहिले प्रतिवेदनले देखाएको आम्दानी रकम समितिकै जिम्मेवारीमा हुनुपर्छ,’ प्रजिअ पोख्रेलले भने । उनले यो प्रतिवेदन सार्वजनिक भएपछि प्रशासनले समितिलाई सो रकमका ’boutमा बोलाउने र प्रक्रिया अघि बढाउने बताए ।
जिल्ला प्रशासन कार्यालय इलामले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा गाउँपालिकाका तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनले आर्थिक वर्ष २०७५–०७६ देखि २०७९ माघ मसान्तसम्मको संस्थाको कुल आम्दानी, खर्च, बैंक मौज्दात गरी ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ नगद मौज्दात रहेको देखाएको भए पनि सो रकम कहाँ छ भन्ने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनले सो रकम कहाँ छ भन्ने उल्लेख नहुँदा घोटाला भएको नै हो भन्ने देखाउँछ ।आजको राजधानी दैनिकमा खबर छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया