भक्तले चढाएको ८८ लाख भेटी गायब
काठमाडौं । इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ । भेटीको अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो ।
छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले ८८ लाखबढी रुपैयाँ घोटाला देखिएको बताए । ‘अहिले प्रतिवेदनले देखाएको आम्दानी रकम समितिकै जिम्मेवारीमा हुनुपर्छ,’ प्रजिअ पोख्रेलले भने । उनले यो प्रतिवेदन सार्वजनिक भएपछि प्रशासनले समितिलाई सो रकमका ’boutमा बोलाउने र प्रक्रिया अघि बढाउने बताए ।
जिल्ला प्रशासन कार्यालय इलामले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा गाउँपालिकाका तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनले आर्थिक वर्ष २०७५–०७६ देखि २०७९ माघ मसान्तसम्मको संस्थाको कुल आम्दानी, खर्च, बैंक मौज्दात गरी ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ नगद मौज्दात रहेको देखाएको भए पनि सो रकम कहाँ छ भन्ने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनले सो रकम कहाँ छ भन्ने उल्लेख नहुँदा घोटाला भएको नै हो भन्ने देखाउँछ ।आजको राजधानी दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया