स्कुलको होस्टेलमा मृत भेटिए ८ वर्षीय बालक, तोडफोडमा उत्रिए आफन्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत उनी शुक्रबार साँझ होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। ८ बर्षीय सलाम पुलामी मगर दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का हुन् ।
घटना शंकास्पद भएको भन्दै आफन्तहरुले विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन् ।
घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ । स्थिती नियन्त्रणमा ल्याउनका लागि प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया