दशैंका मुखमा ग्यासको मुल्य २१५ रुपैयाँ बढ्यो
काठमाडौं । दशैंको मुखमा नेपाल आयल निगमले इन्धनमा उच्च मूल्य बृद्धि गरेको छ । मूल्यबृद्धिले जनता आक्रान्त भएका बेला खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै ग्यासको मूल्य २११० रुपैयाँ प्रतिसिलिण्डर पुगेको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो । त्यस्तै, पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । स्वचालित मूल्यबृद्धि भने पनि यसरी चाडपर्वको मुखमा भएको मूल्यबृद्धिप्रति सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन् ।

ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया