NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

भारतले ग्यास सिलिन्डरको भाउ २०० घटायो, नेपालले बढायो

काठमाडौं ।ग्यासको मूल्यवृद्धिले नेपालका उपभोक्ता मारमा पर्दा छिमेकी भारतमा प्रतिसिलिन्डर दुई सय भारु अर्थात् तीन सय २० नेपाली रुपैयाँले घटेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय सरकारको मन्त्रिपरिषद् बैठकले १२ भदौबाट लागू हुने गरी घरायसी प्रयोजनको १४.२ केजीको सिलिन्डरको मूल्य दुई सय भारुले घटाएको हो । राजधानी दिल्लीमा ग्यासको मूल्य प्रतिसिलिन्डर नौ सय तीन भारु अर्थात् एक हजार चार सय ४४ नेपाली रुपैयाँ छ ।

भारतीय सरकारको यो निर्णयले भारतका ३३ करोडभन्दा बढी ग्यास प्रयोगकर्ताले लाभ लिएका छन् । गरिब जनताका लागि २०१६ देखि सञ्चालित ‘उजाला योजना’अन्तर्गतका उपभोक्तालाई त अझ प्रतिसिलिन्डर चार सय भारु सस्तो छ ।

उपभोक्तालाई खाना पकाउने ग्यासमा राहत दिने गरी मूल्य घटाउँदा केन्द्र सरकारले ७६ अर्ब भारु नोक्सान खेपेको छ । भारतका तेल कम्पनीहरूले व्यावसायिक प्रयोजनका लागि खपत हुँदै आएको १९ केजी तौलको ग्यासमा समेत प्रतिसिलिन्डर १७५.५ भारु मूल्य घटाएका छन् । उनीहरूले १ सेप्टेम्बरबाट लागू गर्दै मूल्य घटाएपछि दिल्लीमा व्यावसायिक प्रयोजनको ग्यास सिलिन्डर १५ सय २२ रुपैयाँ ५० पैसा भारु कायम भएको छ ।

भारतमा जनतालाई महँगीबाट राहत दिन सरकारले ग्यासको मूल्य कटौतीको घोषणा गर्दा नेपालमा भने महँगीको मार थोपरिएको छ । सरकारकै स्वामित्वको आयल निगमले ग्यासको मूल्य एक महिनामै चार सय ५० रुपैयाँ प्रतिसिलिन्डर बढाएर चाडबाडको मुखमा आर्थिक भार थपिदिएको छ । सरकार नागरिकप्रति अभिभावकत्व निर्वाह गर्दै राहत दिनबाट चुकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष