एमालेको कोशी अधिवेशन : उपाध्यक्ष सर्वसम्मत, बाँकीमा चुनाव हुँदै
काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको मात्र एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत हुन लागेका हुन् ।
एमाले राजनीतिमा सक्रिय चेम्जोङ यसअघि पनि प्रदेश उपाध्यक्ष थिए ।
अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको आमनेसामने भएका छन् ।
सचिवमा शैलेस लामा र राजकुमार भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथर जिल्लाका पूर्वअध्यक्ष ।
त्यसैगरी, दुई उपसचिव पदमा भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
२१५ सदस्यीय प्रदेश कमिटीमा १५ सदस्य सर्वसम्मत भएका छन् । बाँकीका लागि भने मतदान हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया