पेट्रोल तथा ग्यासको मूल्य बढ्नुमा सरकारको हात छैनः प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्री तथा स्वकीय सचिव गंगा दाहालले पेट्रोल तथा ग्यासको भाउ बढ्नुमा सरकार जिम्मेवार नभएको बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै उनले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै स्वचालित प्रणालीबाट हुने अभिव्यक्ति दिएकी हुन् ।
यसरी स्वचालित रूपमा निर्धारण हुने मूल्य बढ्नु र घट्नुमा सरकारको भूमिका नरहने उनले स्पष्ट पारेकी छिन् । ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भूमिका नरहने र अन्तर्राष्ट्रिय बजारमा स्वचालित रुपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ ।’
गए रातिबाट ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेका छन् ।
नेपाल आयल निगमले खाना पकाउने एल.पि.जी ग्यासको प्रति सिलिण्डर २३५ रूपैयाँले वृद्धि गरेको छ ।
निगमले यो मूल्य आज राति १२ बजेदेखि लागू गराएको हो । अब १८९८ रहेको ग्याँसको मूल्य २११० रुपैयाँ भएको हो ।
एक महिनाको अवधीमा प्रति सिलिण्डर ४५० रूपैयाँले वृद्धि भएको छ । गत भदौ १४ मा मात्रै ग्यासको मूल्य प्रतिसिलिण्डर १६६० रूपैयाँबाट १८९५ रूपैयाँ पुगेको थियो।
निगमले भारतीय कायल कर्पोरेशनबाट आजबाट मूल्यवृद्धिको नयाँ सूची सार्वजनिक गरेसँगै नेपालमा पनि ग्यास, पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य बढाएको छ । योसँगै पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रति लिटर ४ र ३ रुपैयाँले मूल्य वृद्धि भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया