मन्त्री जोशीद्वारा आर्थिक सहयोग
काठमाडौंं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक सय ११ सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार उनले उक्त रकम हस्तान्तरण गर्दे सबैले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताए । उनले भने, “अहिलेको पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सकेको छैन । यो संस्कार सिकाउन जरुरी छ ।”
ज्येष्ठ नागरिक सङ्घ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, महिला आयोगकी पूर्वअध्यक्ष भगवती घिमिरे, वडाध्यक्ष परमेश्वर खनाललगायतले बोलेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया