NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

मन्त्री जोशीद्वारा आर्थिक सहयोग

काठमाडौंं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक सय ११ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार उनले उक्त रकम हस्तान्तरण गर्दे सबैले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताए । उनले भने, “अहिलेको पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सकेको छैन । यो संस्कार सिकाउन जरुरी छ ।”

ज्येष्ठ नागरिक सङ्घ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, महिला आयोगकी पूर्वअध्यक्ष भगवती घिमिरे, वडाध्यक्ष परमेश्वर खनाललगायतले बोलेका थिए ।