NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

विवेक ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार

काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको आइतवार बसेको बैठकले ‘ऐँठन’ लाई २०७९ को मदन पुरस्कार दिने निर्णय गरेको हो ।

ओझाको उपन्यास ‘ऐँठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ । मदन पुरस्कारका लागि गुठीमा ३१३ पुस्तकहरू परेका थिए ।

ती मध्येबाट ओझाको ऐँठन, सुबिन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ का निम्ति छनौट भएका थिए ।

यस्तै चित्रकार टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको गुठीले बताएको छ । यी दुबै पुरस्कार कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने जनाइएको छ ।