विवेक ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको आइतवार बसेको बैठकले ‘ऐँठन’ लाई २०७९ को मदन पुरस्कार दिने निर्णय गरेको हो ।
ओझाको उपन्यास ‘ऐँठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ । मदन पुरस्कारका लागि गुठीमा ३१३ पुस्तकहरू परेका थिए ।
ती मध्येबाट ओझाको ऐँठन, सुबिन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ का निम्ति छनौट भएका थिए ।
यस्तै चित्रकार टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको गुठीले बताएको छ । यी दुबै पुरस्कार कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया