परीक्षणका लागि आएकाबाट कुटिए केएमसी अस्पतालका चिकित्सक
काठमाडौं । चिकित्सकमाथि कुटपिटविरुद्ध थालिएको आन्दोलन फिर्ता भएको २४ घण्टा नपुग्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सक कुटिएका छन् ।
अस्पतालको नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्का बिरामीबाट कुटिएका हुन् ।
परीक्षणका लागि आएका दुईजनामध्ये एकजनाले चिकित्सकमाथि दिउँसो १२ बजेतिर कुटपिट गरेको अस्पतालले जनाएको छ ।
चिकित्सकको अवस्था भने सामान्य रहेको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहाले जानकारी दिए ।
कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।
अहिले केएमसीमा अध्ययनरत चिकित्सकहरूले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन् । उनीहरूले चिकित्सक माथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
शनिबार साँझ मात्रै चिकित्सकमाथि कुटपिटविरुद्ध आन्दोलनरत चिकित्सक समूह र सरकारबीच ६ बुँदे सहमतिपछि ९ गतेदेखिको आन्दोलन फिर्ता भएको थियो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया