नौ महिनामा भित्रिए आठ लाख पर्यटक, सबैभन्दा बढी भारतीय
काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।
पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए ।
पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बङ्गलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन् ।
यस्तै अष्ट्रेलियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया