अन्तिम अवस्थामा किन सक्रिय भयो मनसुन ?
काठमाडौं । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको हो । यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको थियो ।
मौसमविद गोविन्द झाका अनुसार सरदर मिति अनुसार आज मनसुन बाहिरिनुपर्ने भएपनि आजसम्मको अवस्था हेर्दा आगामी बुधबारसम्म बाहिरिने सम्भावना नआएको हो ।
मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ।
नेपालमा तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान गरिने भएकाले यो प्रणाली नेपालबाट कहिले बाहिरिन्छ भनेर एकिनका साथ भन्न नसकिने मौसमविदहरु बताउँछन् ।
पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन सक्रिय रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताइन्। मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले पनि मनसुन ढिला बाहिरिने भएको उनले जानकारी दिइन् ।
महाशाखाका अनुसार आज कोशी, मधेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया