गौशालामा डायग्नोस्टिक सेन्टर सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलमा भेटियो पेस्तोल
काठमाडौं । काठमाडौंको गौशालामा डायग्नोस्टिक सेन्टर सञ्चालकमाथि चक्कु प्रहार भएको छ ।
गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक सञ्चालक साजन हुसेनका भाइ साविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् । चक्कु प्रहारको जानकारी पश्चात प्रहरी त्यहाँ पुगेको थियो ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद भएको जनाएको छ । प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको नेपालवाचलाई जानकारी दिए ।
डिएसपी थेबेले उनको खोजी भइरहेको जनाए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । चक्कु प्रहारबाट घाईते भएका हुसेनको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया