‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’: यी ४ जना बने बिजेता
काठमाडौं । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करणका विजेता घोषणा गरिएका छन् ।
शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगीतामा सिनियर र जुनियर केटा र केटी गरेर ४ जना विजेता चुनिएका छन् ।
‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का रुपमा ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कंडेल र अक्क्षयनी दाहाल बिजेता घोषित भएका हुन् ।
प्रतियोगीतामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कंडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि हात पारेकी हुन् ।
त्यस्तै, प्रतियोगीतामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकन्ड रनरअप चुँनिदा सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए ।
त्यस्तै, जुनियर केटीतर्फ सदिक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुल तथा एकाडेमिक निर्देशक), लव कार्की (संचारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुषाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल) लगायत निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता नियमित आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।
प्रतियोगीताको डान्स कोरियोग्राफर संयुक्त स्थापित रहेका थिए । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।
विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवा दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेको छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया