भारतविरुद्ध नेपालका लागि तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । चीनमा जारी १९औँ एसियाड अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा मंगलबार भारतसँग टस हारेर नेपाल फिल्डिङमा उत्रिएको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा अहिले भइरहेको खेलमा नेपालले तेस्रो विकेट लिन सफल भएको छ । नेपालका बलर सन्दीप लामिछानेले भारतका जितेश शर्माको विकेट लिएका हुन् ।
त्यस्तै नेपालले पहिलो विकेटको रुपमा भारतका कप्तान रुतुराज गायकवाडलाई आउट गरेको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका हुन्। सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तिलक बर्माको विकेट लिएका हुन् ।
अहिले भारतले १४ ओभर र तीन विकेटको क्षतिमा १३३ रन बनाएको छ ।
टेस्ट मान्यता प्राप्त भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई विश्वकीर्तिमानी रुपमा २ सय ७३ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया