भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । १९औँ एसियाडअन्तर्गत जारी क्रिकेट खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन जोड्यो । भारतका यशस्वी जयसवाल एक्लैले शतकीय इनिङ्स खेले ।
दीपेन्द्रसिंह ऐरीको ओभरमा कप्तान रोहित पौडेलले ऋतुराजको सहज क्याच लिँदै नेपाललाई पहिलो सफलता दिलाए । ऋतुराजले २३ बलमा चार चौकाको सहयोगमा २५ रन बनाए ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तिलक बर्माको विकेट लिएका हुन् ।
त्यस्तै, नेपालका बलर सन्दीप लामिछानेले भारतका जितेश शर्माको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाए भने भारतले चौथो विकेटको रुपमा यसस्वी जैसवाललाई गुमाएको हो । उनी एक सय रन जोडेर आउट भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले आउट गरे।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया