NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष