नेपालले गुमायो दोस्रो विकेट
काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाउँदै आउट भएका हुन् ।
यसघि नेपालले २९ रन जोड्दा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको हो ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए।
भारतका लागि रुतुराज गाइक्वाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाउन सफल भए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया