तीन रनमा आउट भए रोहित, चौथो विकेट गुम्यो

काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले ४ विकेट गुमाएको छ।
चौथो विकेटमा नेपालका रोहित पौडेल आउट भएका छन् । उनले ५ बलमा तीन रन बनाउँदै आउट भएका हुन् । नेपालले अहिले १२ ओभर खेल्दै ८८ रन मात्र बनाउन सकेको छ ।
यसघि कुशल मल्ल २२ बलमा २९ रन बनाउँदै आउट भएका भए भने कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाउँदै आउट भएका हुन् । नेपालले २९ रन जोड्दा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको हो ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए।
भारतका लागि रुतुराज गाइक्वाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाउन सफल भए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।
प्रतिक्रिया