NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते
एसियाली खेलकुद :

भारतसँग चुक्यो नेपाल, २३ रनले पराजित

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको नेपाल र भारतबीच भएको क्वाटरफाइनलमा भारत विजयी भएको छ । मंगलबार बिहान भएको खेलमा भारतले २३ रनको जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको भारतले ४ विकेटको क्षतिमा नेपालका लागि २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य भेट्टाउन नेपाल चुकेको हो । नेपालले ९ विकेट र पूरै ओभरको क्षतिमा १७९ रन मात्र बनाउन सकेको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । उनले १५ बलमा ४ छक्का प्रहार गर्दै ३२ रन बनाएका हुन् ।

त्यस्तै कुशल मल्ल २२ बलमा २९ रन बनाउँदै आउट भएका भए भने कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाउँदै आउट भएका हुन् । नेपालले २९ रन जोड्दा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको हो ।

रोहित पौडेल नेपालका लागि चौथो विकेट बने । उनले ५ बलमा तीन रन मात्र बनाए । छैटौँ विकेटको रुपमा नेपालले सन्दिप जोरालाई गुमायो । उनीे १२ बलमा ३ छक्का १ चौका प्रहार गर्दै २९ रनमा समेटिए ।

त्यसपछि नेपालले लगातर सोमपाल कामी र गुल्सन झालाई गुमाउन पुग्यो । सोमपाल ७ र गुल्सन ६ रन बनाउँदै आउट भएका हुन् । नेपालले सन्दीप लामिछानेलाई नवौँ विकेटको रुपमा गुमायो । सन्दीपले ४ बलमा ५ रन बनाए ।

भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पूरा गरेका थिए।

भारतका लागि रुतुराज गाइक्वाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाउन सफल भए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।

 

ताजा अपडेट

नेपालवाच विशेष