९ दिनमा ५ हजार ६०० ले घट्यो सुनको मूल्य, आज तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा १ हजार ३०० सयले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । प्रतितोला ३० रुपैयाँले घटेसँगै आज चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।
यससँगै, पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटिसकेको छ । गत साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो ।
प्रतिक्रिया