सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
काठमाडौं । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो सुदूरपीश्चमका तराई र पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले बझाङको तलकोट केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४१ मिनेटमा ५.३ म्याग्नेच्युटको भुकम्प गएको जानकारी दिएको छ ।
कैलाली, डोटी, डडेल्धुरा, बैतडी, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् ।
बैतडीको मेलौली नगरपालिका ८ का वडा अध्यक्ष तपेन्द्रजंग विष्टले जिल्लामा भूकम्पको धक्का महसुस भएको जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष विष्टले यसको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘यता हाम्रो मेलौली तिर भुकम्पको ठूलो झट्का महसुस भयो । कृपया सबै सुरक्षित स्थानमा बस्नुहोला । आफ्नो आसपासमा कतै क्षती भएमा उद्धारमा सहयोग गर्नुहोला ।’
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया