सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
काठमाडौं । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो सुदूरपीश्चमका तराई र पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले बझाङको तलकोट केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४१ मिनेटमा ५.३ म्याग्नेच्युटको भुकम्प गएको जानकारी दिएको छ ।
कैलाली, डोटी, डडेल्धुरा, बैतडी, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् ।
बैतडीको मेलौली नगरपालिका ८ का वडा अध्यक्ष तपेन्द्रजंग विष्टले जिल्लामा भूकम्पको धक्का महसुस भएको जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष विष्टले यसको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘यता हाम्रो मेलौली तिर भुकम्पको ठूलो झट्का महसुस भयो । कृपया सबै सुरक्षित स्थानमा बस्नुहोला । आफ्नो आसपासमा कतै क्षती भएमा उद्धारमा सहयोग गर्नुहोला ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया