लगातार घटेको सुनको मूल्य आज बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा नौ दिनदेखि घटेको सुनको मूल्य आज भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ३०० सयले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला १ लाख ६ हजार ४०० पुगेको छ ।
हिजो मंगलबार सुनको मूल्यमा १ हजार ३०० सयले गिरावट आएको थियो । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएकोमा आज पनि सोही मूल्य कायम छ ।
गत साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । त्यसपछि लगातार घटेको मूल्य आज भने बढेको हो ।
प्रतिक्रिया