तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमै ढलिन् भारती
काठमाडौं । सर्वोच्चमा तारिख लिएर फर्किने क्रममा भारती मानन्धर अदालत परिसमै ढलेकी छन् ।
आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएकी भारती तारिख लिएर फर्किने क्रममा बेहोस् भएर ढलेकी हुन् ।
उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेर अस्पताल पठाएको थियो । श्रीमान चेतनको हत्यामा दोषी ठहर भएका रिगलको संविधान दिवसको अवसर पारेर सजायमा छुट दिने सरकारको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।
मंगलबार न्यायाधीश कुमार चुडालको इजलासमा पेशी परे पनि सुनुवाइ भएन । रिटको अर्को पेशी बिहीबारका लागि तोकिएको छ । २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरिएको थियो ।
उक्त हत्या अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया