NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सर्पले डसेर दिदी–बहिनीको मृत्यु

काठमाडौं । सर्पले डसेर कपिलवस्तुमा दिदी–बहिनीको मृत्यु भएको छ । जिल्लाको ‍बाणगंगा नगरपालिका–९, भलवाड जिनुवाका मोतीलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका र ३ वर्षीया रीतिकाको सर्पको डसाइबाट मृत्यु भएको हो ।

एउटै खाटमा सुतेका दिदी–बहिनीलाई मंगलबार राति सर्पले टोकेपछि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्र लगिएकोमा केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरेको थियो । त्यही उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालले गम्भीर अवस्थामा आइपुगेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।