बुधबार सर्वोच्चको आँगनमा ढलेकी भारतीले पुन: सुरु गरिन् अनशन
काठमाडौं । अस्पतालबाट डिस्चार्ज भएपछि भारती मानन्धर पुन: अनशनमा बसेकी छन्।
बुधबार सर्वोच्च अदालतमा तारिख लिएर फर्किने क्रममा सर्वोच्चकै आँगनमा ढलेकी भारतीलाई वीर अस्पताल लगिएको थियो। उनी अस्पतालबाट साढे चार बजे डिस्चार्ज भएकी थिइन्। डिस्चार्ज भएपछि आज बिहानबाट माइतीघर मण्डलामा उनले पुन: अनशन सुरु गरेकी छिन् ।
आफ्ना पति चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका रिगल भनिने योगराज ढकालको १२ वर्ष कैद सरकारले माफी दिएको विरोधमा भारतीले अनशन सुरु गरेकी हुन् ।
सरकारको सिफारिस र राष्ट्रपतिको कदम फिर्ता गर्न माग गर्दै भारती अनशन बसेकी हुन् । चेतनको हत्या भएपछि भारतीलाई सासूससुराले नै अर्को बिहे गराइदिएका हुन् । भारतीले चेतनका बुबाआमासहित परिवारको सुरक्षाको पनि माग गरेकी छन् । न्याय नपाएसम्म घर नफर्किने अनशनरत भारतीको भनाइ छ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए। भारतीले राष्ट्रपति पौडेलको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गराएकी छन्।
रिगलले २०७२ असार २८ मा अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया