चितवनमा चलचित्र अवार्ड आयोजना हुँदै
चितवन । चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’ को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो ।
आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो । ‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो ।
नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिए ।
‘चलचित्र उद्योगको प्रवद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ नाराका साथ आयोजना गर्न लागिएको उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ । दश विधामा उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र रहेका छन् ।
ती विधाको मनोनयन सार्वजनिक गरिएको हो । विधाबाहेक निर्णायक, लोकपृयलगायतका विधामा अवार्ड प्रदान गरिने कार्कीले बताए । असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीको साथमा भव्यरुपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रवद्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया