आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० सय कायम भएको छ भने तेजावी सुनको मूल्य १ लाख ६ हजार ८०० प्रतितोला पुगेको छ ।
हिजो बुधबार सुनको मूल्यमा ३०० सयले वृद्धि भएको थियो । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० कायम भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० पुगेको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामै एक सय ८७ ले घटेको हो । आज चाँदी प्रतितोला एघार सय २३ मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार र बुधबार चाँदीको मूल्य स्थिर हुँदै १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया