नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता अर्याल नियुक्त
काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्रिस्तरको निर्णयले अर्याललाई सो पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
अर्यालले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । पदभार सम्हाल्दै नवनियुक्त निर्देशक अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया