किन भनियो सेनालाई ‘हाइअलर्ट’मा रहन ?
काठमाडौं । सरकारले नेपाली सेनालाई उच्च सतर्क (हाइअलर्ट) अवस्थामा रहन निर्देशन दिएको छ ।
सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो ।
मुलुकका बिभिन्न स्थानमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै सरकारले त्यसका लागि सेनालाई यस्तो निर्देशन दिएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधान सेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी सहभागी थिए ।
‘पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमासमेत छलफल भयो,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
बैठकले धरान, मलंगवा र नेपालगञ्जलगायतका स्थानमा भईरहेका घटना सामान्य नभएको र नियोजित योजना अन्तर्गत भईरहेको हुन सक्ने निष्कर्ष निकालेको हो ।
नेपालगञ्जमा भएको धार्मिक घटना कुनै एक व्यक्तिले फेसबुकमा स्टाटस लेखिएकै कारण उत्पन्न भएको नभई त्यसमा कुनै नियोजित षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया