देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चौलागाईं पक्राउ
काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइ पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बचत कर्ताको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
आकर्षक ब्याज दिने भनेर प्रलोभन देखाएर बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको सीआइबीले जनाएको छ ।
बचतको अवधि सकिएपछि सम्पूर्ण साँवा, ब्याज फिर्ता गर्ने भन्दै बचत गर्न लगाएका थिए । समय पूरा भएपछि पनि आफ्नो बचत फिर्ता नपाएपछि बचत कर्ताले प्रहरीमा उजुरी गरेका थिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया