देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चौलागाईं पक्राउ
काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइ पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बचत कर्ताको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
आकर्षक ब्याज दिने भनेर प्रलोभन देखाएर बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको सीआइबीले जनाएको छ ।
बचतको अवधि सकिएपछि सम्पूर्ण साँवा, ब्याज फिर्ता गर्ने भन्दै बचत गर्न लगाएका थिए । समय पूरा भएपछि पनि आफ्नो बचत फिर्ता नपाएपछि बचत कर्ताले प्रहरीमा उजुरी गरेका थिए ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया